
१७ साउन,
बाँके । बाँकेको कोहलपुरमा एम्बुलेन्सले एक पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गए राति शनिवार करिव ११ः४५ को समयमा कोहलपुरबाट नेपागन्जर्तफ जाँदै गरेको गाडि नं. भे १ च ५८६ एमबुलेन्सले कोहलपुर वडा नं. ८ बाबानगर चोकस्थित बाटोमा हिडिरहेको एक पैदल यात्रुलाई ठक्कर दिदा गम्भीर घाईते भई नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।
सवलाई नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरको सव गृहमा राखिएको छ ।
यद्यपी गाडि र गाडि चालकको यस समाचार तयार पार्दासम्म सम्पर्कमा नआएको प्रहरी स्रोतले जनाएको छ ।