
बाँके,नेपालगंज मेडिकल कलेजका विद्यार्थिहरुले जलबिन्दु मुक्त दिवश को अवसर पारी सचेतना मुलक कार्यक्रम कोहलपुर दशविगाहा को पूर्वी गेटमा सम्पन्न गरेका छन्।नेपाल चिकिसक संघको केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दा गुरुङको अध्यक्षतामा र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल का प्रिन्सिपल डा. अनुप शर्मा को सम्योजकत्वमा ” जलबिन्दु मुक्त विश्वको लागी एकजुट “भन्ने मुख्य उद्देश्यका साथ नेपालगंज मेडिकल कलेज कोहलपुरमा कार्यरत चिकित्सकहरु, MBBS अध्ययनरत विद्यार्थिहरुको उपस्तिथीमा मेडिकल कलेजको पूर्वी गेटमा आउनुहोस आउनुहोस सुन्नुहोस सुन्नुहोस समयमै सबैले आँखा जाँच गराउँ Glaucoma रोग भगाउँ Glaucoma हुने अन्धोपन बाट बचौं भन्ने मुख्य लक्षका साथ सडक नृत्य र ऱ्याली सहितको कार्यक्रम गरी मेडिकल कलेजको पूर्वीगेट हुँदै गोलपार्क पुगेर पुःन मेडिकल कलेजको गेटमा आई कार्यक्रम सम्पन्न भएको छ।