
१५ साउन,
बाँके । बाँकेको कोहलपुरस्थित चपरगौडीबाट नकवजनी चोरी मुद्दामा फरार भएका एकजना युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला बाँके कोहलपुरमा घर भई वडा नं. १२ चपरगौडी बस्ने बर्ष १७ को प्रवेश गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
एसपी अधिकारीका अनुसार, उनलाई नकवजनी चोरी मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेले मिति २०७३।०५।१९ गतेको फैसला अनुसार ५ दिन सजाय सुनाएको थियो । निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले पुनः पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको बताए ।