१५ साउन,

कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुईजना बेपत्ता भएका छन्, भने तिनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार, स्कारपियोमा पाँच जना सवार रहेको बताए । डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टीएको प्रहरीले जनाएको छ ।

वेपत्ता भएका जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कार्णालीमा खसेको हो । गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ, भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताएका छन् ।

प्रहरीले घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको र बेपत्ता भएका दुवैजनाको खोजी कार्य जारी भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख