
१५ साउन,
कैलालीमा लागुऔषध (खैरो हिरोइन) सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्लाको भजनी नगरपलिका वडा नम्बर ५ स्थित कौवाखेडा घाटमाबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरिएको हो ।
पक्राउन पर्नेमा, भारतको उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्रामपञ्चायत रणनगर गाउँ बस्ने २५ वर्षीय जितेन्द्र सिंह रहेका छन् ।
सिंहलाई यूपी ३१ एएफ ८१६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।