१५ साउन,

बाँके । बाँके लगायत देशभरका शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन् । नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन् ।

देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म रिले अनसनमा बसेका छन् ।

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिकामा नेपाल शिक्षक महासंघद्वारा सुरु गरिएको अनसन कोहलपुर नगर समिती शिक्षक महासंघका अध्यक्ष राम प्रसाद चापागाईले बताए ।

उनका अनुसार शिक्षक महासंघसंग गरिएको सम्झौताहरु कार्यन्वन भएमा आन्दोनका कार्यक्रमहरु जारी गर्ने समेत चेतावनी दिदै बिहान ८ बजेदेखि साँझा ४ बजेसम्मका लागि रिले अनसन गरिने बताएका छन् ।

गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, लगायतका मागहरू आफ्ना ३४ बुँदे माग पत्रमा समेटिएको अध्यक्ष राम प्रसाद चापागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख