सल्यान : त्रिवेणी गाउँपालिका सल्यानका वडा नम्बर ४ को कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएका छन ।

। उक्त वडा अध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि स्थानीय कारर्वाहीको माग गर्दै आन्दोलन थालेका छन् ।

वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिछा गरेका थिए । वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठाको बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए ।

कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दै स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ । रातको एक बजे महिला सहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख