
१५ साउन,
सुर्खेत : सुर्खेतमा ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँदेखि जुम्ला जान लागेको बा ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
डिएसपीका अनुसार, बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको बताएको छ। पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्ष ४१ का दल बहादुर बोहरा रहेको जानकारी दिए ।
उक्त, बसलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ।