१४ साउन,

बाँकेमा केहि समुदायिक र निजि विद्यालयहरुले नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयको आदेशलाई अटेर गरि विद्यार्थीहरुलाई भौतिक रुपमा प्रवेश गरेर विद्यालय संचालनमा ल्याएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट जिल्ला भरी नै लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । जसमा विद्यालय, ट्यूसन सेन्टर आदि भौतिक रुपमा संचालन गर्न नपाईने कुरा उल्लेख गरिएको छ । तर उक्त विज्ञप्ती र विज्ञप्तीमा उल्लेखित निषेधाज्ञा कापिको पानामा मात्र सिमित रहेको देखिन्छ । प्रशासनिक निकाय र अनुगमन गर्ने निकाय समेत मौन देखिन्छन् ।

त्यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै यस गाउँपालिका भित्र पर्ने केहि संस्थागत तथा समुदायिक विद्यालयहरुले जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशलाई अटेर गरि विद्यालयहरु संचालन ल्याएको हुदा सो को विद्यालयहरुलाई तत्काल बन्द गर्न सुचना मार्फत जानकारी गराएको छ । यसरी जिल्ला प्रशासन द्धारा जारी गरिएको निषेधाज्ञालाई लत्याउदै खुलेआम रुपमा विद्यालय संचालन गर्दा जिल्ला शिक्षा सम्मन्वयन समिती, जिल्ला प्रशासन कार्यालय, जिल्ला भित्रका नगरशिक्षा कार्यालयहरु रमिते मात्र भएर बसेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख