
१३ साउन,
काठमाडौं : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी एक पोखरीमा २६ वर्षीया रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र ९ दिनको छोरासहित तिन जनाको शव फेला परेको छ।
मंगलबार राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयले देखेपछि घटना सार्वजनिक भएको हो।
शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् । “राठौरले भने” घटनाबारे थप अनुसन्धान भइरहेको बताए।