
१४ साउन,
बाँकेको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्जले भारतको उन्नाउबाट ४ जना बालिकाको उद्धार गरेको छ ।
उद्धार गरिएका चार बालिकाहरु मध्य कैलालिका ३ जना क्रमश १५, १८, १८ बर्षकि बालिका रहेका छन्, भने बर्दिया जिल्लाकी एकजना १७ बर्षकि रहेको बाँकेको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
यि चारजना बालिकाहरु भारतको उन्नाव अरोडा कम्पनीको मिट लाईनमा काम गर्दै आएका थिए । तर उनिहरुलाई कामको कम परिश्रमीक दिने र १२ घन्टा भन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको बताए । र बाहिर निस्किन नदिने लगाएतका अन्य व्यवहार बाल शोषण गरिएको पिडित बालिकाहरुले बताए ।
भारतको उन्नाउबाट शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज हेल्प क्रस ट्रष्ट संगको सहकार्यमा उद्दार गरिएको हो ।