
१२ साउन,
बाँके । पुर्व प्रधानमन्त्री वावुराम भटराईले हिन्दु धर्मावलम्बीको आस्था माथि आँच ल्याएको भन्दै कोहलपुरमा बिरोध प्रदर्शन गरिने भएको छ ।
राप्रपाका जिल्ला सदस्य एबम युवा नेता अर्जुन जंग शाहका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्द भातृ संगठण हरुको आयोजनामा यहि श्रावण १५ गते शुक्रवार वेलुका ५ वजे कोहलपुर न्युरोड चौकमा विरोध प्रर्दशन कार्यक्रम राखिएको हो ।
हिन्दुधर्मावलम्बिको कुनै पनि आस्था माथि आँच आउन नदिनको लागि विरोध प्रदर्शनको कार्यक्रम राखिएको भन्दै सामाजिक संजाल मार्फत सम्पुर्ण हिन्दु धर्मालम्वी देशभक्तहरु तथा सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।