
१२ साउन,
दाङमा अबैध ईपिलिपी जातको काठ १८ थान गोलिया, ट्याक्टर सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, जिल्ला दाङ घर भई लमही नगरपालिका वडा नं. ३ मजगाँउ बस्ने वर्ष २५ को ज्ञान बहादुर चौधरी र सोहि वडा नं. २ फल्कापुर बस्ने वर्ष २१ को किसन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।
एसपी काफ्लेका अनुसार, सोमबार अंन्दाजी ४ बजेको समयमा दाङको लमही नगरपालीका वडा नं. २ राजपुरघाट स्थित रा. १ त. ४०७३ नं. को ट्याक्टरले अवैध रुपमा काठ ओसार–पसार गरी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट नर्ती दाङबाट खटीएको प्रहरी टोलीले ईपिलिपी जात गरेको काठ १८ थान गोलिया र ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको बताए ।
पक्राउ परेका निजहरुलाई नियन्त्रमा लिई थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।