
१२ साउन,
सुर्खेतः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रासद घर्तीले मगरले जानकारी दिएका छन् ।
उनका अनुसार गणेशचोक स्थित सडक बाटोमा शंकाष्पद रुपमा हिडिरहेका उनीहरुको शरीर चेकजाँच गर्दा सन्दिपको शरिरमा छिपाई राखेको ३ पुरिया ब्राउन सुगर फेला गरेको हो।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।