
१२ साउन,
ईलामस्थित देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखिया आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ।
प्रहरीका अनुसार, साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए। घाइते बाबुको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको बताए।
जिल्ला प्रहरीले कुटपिट गर्ने छोरालाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।