
श्रावण-१२,सुर्खेत ।
✍️बिजय काफ्ले
मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयमा असफल उपकुलपतिका मनोमानी निर्णय र हैकमका कारण हजारौं बिद्यार्थीको भबिस्यमाथी खेलबाड भएको छ ।
कोरोना संक्रमण बाट बच्न अघिल्लो शैक्षिकसत्रमा नेपाल सरकारको बैकल्पिक माध्यमको शिक्षा नितिमा टेकेर परिक्षा संचालन गरिएको थियो । तर यस पटक विभिन्न क्रियासिल बिद्यार्थी सङठनहरुले बैकल्पिक माध्यम बाट परिक्षा संचालन गर्न पर्ने र अन्य विभिन्न मागहरु राख्दै तालाबन्दी गर्दा समेत बिश्वबिद्यालय प्रशासन निरही देखिएको छ।
उपकुलपति डा.नन्द बहादुर सिंहका हैकमका करण बिध्यार्थीको भबिष्यमाथी खेलबाड भएको हो । कसैको कुरा नसुन्ने, आफ्नै मनोमानी निर्णय गर्ने र राजनीतिक दम्भका कारण उपकुलपति र विद्यार्थीहरु बिच समेत दुरि बढेर गएको एक विद्यार्थी नेताले बाँके अपडेट मिडिया लाई बताए ।
त्यसैगरि मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयमा मनोमानी निर्णय हुने कुरा त्यहा बाट निस्कने धेरै जसो बिज्ञप्तिले देखाउछन । १ दिन अघि मात्र अर्थात ११ गते बिहान बिश्वबिद्यालयले तोकिएकै मितिमा परिक्षा सञ्चालन हुने भन्दै एक बिज्ञप्ति जारी गरेको थियो । बिध्यार्थिहरु परिक्षा हलमा जाने तयारीमा नै थिए । १२ गते बाट परिक्षा संचालनहुने भनिएको थियो । तर ११ गते राती १२ बजे नै बिश्वबिद्यालयको आधिकारिक छाप बिना नै छापामार शैलिमा परिक्षा स्तगित गरिएको भन्दै गैरजिम्मेवार तरिकाले बिज्ञप्ति सार्बजनिक गर्यो ।
भोलिपल्ट परिक्षाको तयारीमा जुटेका स्नातक र स्नातकोत्तर संकायको परिक्षा १२ बजे राती डाकु शैलिमा बिज्ञप्ति जारीगरि परिक्षाको तयारीमा जुटेका हजारौं बिध्यर्थीको भबिस्य माथी खेलबाड गरेको छ । भने मनोबैज्ञानिक रुपमा समेत यस्तो हैकमबादले बिध्यार्थिमा निकै नकारात्मक असर पर्ने छ । बिध्यार्थिहरु पुर्ण रुपमा बिश्वबिद्यालय प्रशासन प्रती आक्रोशित समेत देखिएका छन ।
र अन्य संकायका परिक्षा समेत तोकेको मिति भन्दा एक हप्ता पछि सारिएको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्ति हेर्नुहोस :-