श्रावण-११,बाँके
✍️बिजय काफ्ले ।

कोहलपुर नगरपालिका भित्र अव्यवस्थित खोप केन्द्र र जनताको लापरबाहीका कारण कोरोना संक्रमण बढेर गएको छ ।

कोहलपुरका खोप केन्द्र अव्यवस्थित हुदा मानिसको घुइचो र कोहलपुर नगरपालिकाको सुस्त प्रशासनिक निकायका कारण कोरोना संक्रमण बाढेर गएको हो । खोप लगाउदा ५५ बर्ष नपुगेकाको लागि कि स्वास्थ्यको प्रमुखको पावर चाहिने कि त राजनीतिक दलका नेताको आसेपासे हुन पर्ने बाध्यताले बास्तिक पिडितले खोप पाउन सकेका छैनन । फलस्वरूप कोहलपुर नगरपालिकामा कोरोना संक्रमण बढेर गएको छ ।

जिल्ला प्रशासन बाट आदेश भएका खुल्न नहुने र खुल्न हुने कुराहरुमा कोहलपुर नगरले खसै चासो नदेखाउदा समेत संक्रमण बढी देखिएको हो । आज बाँके जिल्ला भरमा जम्मा १५ सन्क्रमित थपिएको छन । जस अन्तर्गत कोहलपुर नगरपालिकाको मात्र ७ जना रहेका छन । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको ६ जना, राप्ती सोनारि १ र बैजनाथ गाउपालिका १ रहेका छन ।

उच्च संक्रमण र उच्च जोखिम रहेको नगरमा ब्यवस्थित खोप केन्द्र नहुनु , जिल्ला बाट आदेश भएका नियम कार्यान्वयन गराउन नसक्नु , स्वास्थ मापदण्ड पूरा भए नभएको अनुगमन नहुदा कोहलपुरका जनताले कोरोना सङ्ग लड्न बाध्य भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख