११ साउन,

झापा : बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कैद र सात लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रूपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाइएको थियो ।

सोहि फैसला सुनाएदेखि अहिले सम्म फरार भएका कार्कीलाई झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पुनः पक्राउ गरेको डिएसपी थापाले बताए ।

उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख