
१० साउन,
प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको टिकटकमा अश्लील भिडियो बनाएर अपलोड गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा, चीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरे रहेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।
प्रहरीका अनुसार, ‘सम्माननीयज्यूको अश्लील भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि सोको ठाउँबाट पक्राउ गरी काठमाडौं ल्याएर ७ दिनको लागि म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिए ।
घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाई रहेको छ ।