१० साउन,

कैलालीस्थित जिल्लाको घोडाघोडी नगरपालिका -१० पहलमापुरमा शनिबार राति साढे ८ बजे ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, रोडमा भएका छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। दुर्टनामा चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको बताए ।

घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका -१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन्। राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ, भने चालकसहित दुई जनाको धनगढीस्थित सीपी हस्पिटलमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख