८ साउन,

आर्थिक वर्ष २०७८÷७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ ।

२० कम्पनीले झण्डै पौने ८ करोड कित्ता हाराहारीको आईपीयो पाँच कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । भने थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा रहेका छन् ।

७ अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताएका छन् ।

‘सूचना अधिकारी केसीले भने’ । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।

यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीहरुको आईपीओ छिट्टै बिक्रीमा आउँदै छन् । पाँच कम्पनीहरुको आईपीयो २ अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ १÷२ महिनाभित्रै बिक्रीमा आउँने अधिकारीले बताए ।

जसमा ३ वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने, अन्यको मिति निश्चित भएको छैन ।

छिट्टै आईपीओ आउने पाँच कम्पनीहरू

स्रोतः नेपाल धितोपत्र बोर्ड

पाइपलाइनमा १५ कम्पनीको साढे पाँच करोड कित्ता

थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।

उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

आईपीओ जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीहरू

स्रोतः नेपाल धितोपत्र बोर्ड  

साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा जनरल आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित ख