७ साउन,

दाङको तुलसीपुरबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला दाङ घर भई तुलसीपुर उप–महानगरपालिका वडा नं. १ पैयाखोरे बस्ने बर्ष १८ को प्रेम प्रकाश बि.क र सोहि ठाउँमा बस्ने बर्ष १४ को किरण बि.क रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख काफ्लेका अनुसार, दाङको ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा प्रकाशले चलाएको रा ५ प ८५१५ नं. को मोटरसाईकल रोकी चेक जाँज गर्दा उनको पछाडी बसेका किरण बि.क. ले लगाएको मास्क भित्र लुकाई छिपाई राखेको ३ वटा पुरिया २ ग्राम ( लागुऔषध ब्राउन सुगर खैरो रङको पदार्थसहित फेलापारी प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताए । “उनले भने” पक्राउ परेका दुबैजना नेपालगंज देखि तुलसीपुर आउदै गरेका थिए ।

त्यसैगरी, ६ गते बुधवार अन्दाजी साँझ ७ः३० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उप–महानगरपालीका १३ दमारगाँउमा नेपालगंजबाट तुलसीपुर दाङ आउदै गरेको ना ४ ख ७२९४ नं.को बसमा सवार गरिरहेकी जिल्ला दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं.–६ भिआईपी टोल बस्ने बर्ष ४५ की चामु कुमारी बिश्वकर्मा महिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिमाथि चेकजाच गर्दा उनले बोकेको लेडिज ब्याग भित्र कालो रङको प्लाष्टीकमा राखिएको ७ ग्राम लागुऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ फेलापारी प्रहरीले बरामद गरेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख