
७ साउन,
बाँकेमा बैङ्किङ कसुर मुद्दामा संलग्न भएका एकजना फरार व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके घर भई कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३८ को विष्णु जिवन धिताल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार, पक्राउ परेका विष्णु जिवन धिताललाई बाँकेको सम्मानित जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा गए फागुन १२ गतेको फैसलाले ३ दिन कैद र रु.२,८०,०००।– (दुई लाख अस्सी हजार रुपैयाँ) जरिवानासहित सजाए सुनाईएको थियो ।
सोहि निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले आज ७ गते विहेवार पुनः धिताललाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको जानकारी दिए ।