
श्रावण-६,कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं १० डुढुवा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका सदरलाइनका रसिद जशगढ (बर्ष १८), नेपालगंज वडा नं ११ का अरमान जशगढ (बर्ष १८) र आरीस जशगढ (बर्ष १७) को रहेका छन । मृतकका शवलाइ पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे छ ।
पाँच जना मध्ये दुई जना नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ का अमन जशगढ र नेपालगञ्ज वडा नं १६ का इरफान जशगढ सकुशल रहेको प्रहरीले बताएको छ ।
साथै उनीहरुले घरमा थाहै नदिई पौडी खेल्न गएको बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।