श्रावण-६,बाँके
✍️बिजय काफ्ले ।

बाँकेमा जिल्लाका विभिन्न ठाउमा खुलेआम देह ब्यापारले तिब्रता पाएको देखिन्छ ।

नेपालगन्ज बसपार्क क्षेत्र, राझा क्षेत्रको केही होटल र कोहलपुर को हवल्दारपुर क्षेत्रमा पेसागत रुपमा नै देह ब्यपार भएको पाइएको छ । बाँके अपडेट मिडियामा बारम्बार गुनासो आएको हुदा हाम्रा केही समाचारदाताहरु त्यहा पुग्छन । कहाँ कहाँ… ? र कस्को सपोर्टमा…? हुदो रहेछ देह ब्यापार…? भनेर खोजमा खटिएको थियो ।

सोही क्रममा हाम्रो टिमले गुनासो आए अनुरुप देह व्यापार भएको दृश्य नजिक बाट नियाल्यो । हामिले सोध्यौ “प्रहरीले छापा हान्छ कि नाइ ..?” सन्चालक ले जबाफ दिए “कहिले कहि आउछन तर चिन्ता नगर्नु सबै म मिलाउछु” । चिसो पानी खाने बहानामा भित्र प्रवेश गरेको हाम्रो टिमलाई बेश्यालय शैलीमा उक्त होटल संचालकले आफै के चाहियो ? कस्तो चाहियो ?? भन्दै कुराहरु देह व्यापार वा यौन धन्दाको कुरो तिर मोडे ।

हामी कुरा खोतल्दै गयौ र भन्यौ “हामि लाई डर लाग्छ भयो छोड्नुहोस हामी गयौ ” । ‘हैन १५०० हो तपाई यतै हुनु हुदो रैछ १००० मा मिलाउछु’ भन्दै एक ब्यक्ती हाम्रो छेउ आउछन ।

र केही महिलाहरु समेत आँखा झिम्क्याउदै वर पर गर्दै थिए । र हाम्रो टिम सङ्ग बार्गेनिङ गरे र हाम्रो टिम कोक खाएर बाहिरियो ।

यसरी खुले आम देह ब्यापार भइरहदा जिल्ला प्रहरि कार्यालय बाँके, वडा प्रहरी नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुर मस्त निन्द्रमा निरही अवस्थामा देखिन्छन ।

नया प्रहरीको अधिकारी आउदा त्रास देखाउन छापा मारे झै गर्ने र पछि मिलेमतोमा खुलेआम संचालन भएको घटनाक्रमले प्रष्ट पारेको छ ।

त्यस्ता यौन धन्दा नै चलाएर बसेका अखडामा प्रहरीले चासो नदिने र अन्यत्र होटला छापा हान्दै अनावश्यक हैरानी दिने गरेको पाइएको छ ।

प्रहरिले यौन धन्दामा मालिक लाई नै पक्राउ गरेता पनि सेटिङ कै लागि त्यस्ता देह ब्यापार नै संचालन गरेको प्रमाण नभेटिएको भन्दै बहाना बनाउदै सामान्य अभद्र ब्यवहारको मुद्दा लगाउने सेटिङ मिले पछि छोडी दिने गरेको छ ।यस बिषयमा जिल्ला देखि वडा सम्माका सामान्य प्रहरी अधिकारिलाई जानकारी हुदा समेत तै चुप मै चुप को अबस्थामा रहदा प्रहरी माथी प्रश्न चिन्ह उठेको छ । भने प्रहरीले ब्यवास्था गरे झै गर्ने र सेटिङ मिल्दा बर्षौ देखि देह व्यापारले बाँके एक अखडाको रुपमा परिचीत भैसकेको छ ।

न त कुनै अधिकारी ले देह ब्यापार रोके , न अहिले रोकिएको छ ।

यस बिषयमा प्रहरी,प्रशासन,जनप्रतिनिधि र सचेत नागरिक सकृय हुन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित ख