
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गरेका छन । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
संयुक्त रूपमा सार्वजनिक गरिएको सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेकाे छ । यस अघि सन् २०१० मा सगरमाथाको उचाइबारे विवाद देखिएपछि नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियाे ।