
५ साउन,
बाँकेको नेपालगंञ्ज जमुनाहा भन्सार छलि भित्रयाईएको १ लाख मुल्य बरावरको अबैध सामानसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक श्याम कृष्ण अधिकारी जानकारी दिएका छन् ।
अधिकारीका अनसार, आज ४ गते मंगलवार बिहान अन्दाजि १०ः०० बजेको समयमा नेपालगंञ्ज उप–महानगरपालिका १० स्थित भन्सार छली ल्याईएको सामान बेवारिसे अवस्थामा रहेको निम्न लत्ता कपडाहरु अन्दाजि मुल्य रु १,०२,७००।– (एक लाख दुई हजार सात सय) रुपैया बराबरको लेडिज सुट, तन्ना, लेडिज सल जस्ता अबैध भन्सार छलि ल्याईएका सामानहरु जिल्ला बाँकेको कार्यालयबाट खटिएको प्रहरी टोलिले फेला पारी रितपुर्वक बरामद गरेको बताए ।
“अधिकारी भने” आवश्यक थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जानकारी दिए ।