
४ साउन,
दाङमा प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छाला, एउटा मोटरसाईकल र २ थान मोबाईल सहित १ जना पुनः पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गए साता पनि २ जनालाई (रेडपाण्डको) छालासहित २ पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा, जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३२ को लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।
प्रमुख काफ्लेका अनुसार, आज ४ गते सोमबार दिउसो अंन्दाजी १२ः०० बजेको समयमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. ११ घर भई खैरामा प्रतिबन्धित बन्यजन्तु (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्री बितरण भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ परेका निजलाई चेकजाँच गर्ने क्रममा जिल्ला सल्यान छत्रेश्वरी गाँउपलिका वडा नं.१ दमाचौर बस्ने बर्ष ३२ को निजले रातो रङको झोलामा नङ्ग्रा सहितको रेडपाण्डा छाला पुच्छर देखि टाउँकोसम्म ३ फिट ३ ईन्च लम्बाई र छातिको भागको चौडाई ८ ईन्च भएकोे सुकेको छाला १ थान, रा ४ प ९८५० नम्बरको मोटर साईकल १ थान, च्भमmष् मोबाईल २ थान सहित प्रहरीले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।
प्रमुख काफ्लेका अनुसार, आवश्यक थप अनुसन्धान भईरहेको बताए ।