३ साउन,

काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले हरियो कार्पेट ओछ्याएर स्वागत गरेको छ। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले उकालो लागेको हो।

योसँगै बजारले योसँगै परिसूचक २९८०.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ को विन्दुमा पुगेको छ।

आज कारोबार रकम पौने १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएमा सेयर बजार झनै उकालो लाग्ने विश्वास जानकारहरुले लिएका छन्। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

विकास बैंक समूह सर्वाधिक ५.०५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ४.७१ प्रतिशतले बढेको छ। यस्तै वित्त समूहमा १.४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.६१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१५ प्रतिशत, अन्य समूहमा ०.९३ प्रतिशत र व्यापार समूहमा ०.९१ प्रतिशतले वृद्धि भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आइतबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २१ कम्पनीका दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२.६२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक ४० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३८ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआईसी एसिया बैंकको ३५ करोड ३५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २८ करोड ४९ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २६ करोड ४३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड १ लाख रुपैयाँ, सानिमा बैंकको २२ करोड ५८ लाख रुपैयाँ र नेपाल बैंकको २१ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आइतबार पाँच कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पाटर्नर र सिंगटी हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। यो दिन सिद्धार्थ बैंकको सेयर मूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। आज मल्टीपर्पस फिनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयर मूल्य २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

प्रतिक्रिया

सम्बन्धित ख