३ साउन,

बर्दिया : बर्दियामा पाटे बाघको आक्रमणबाट फेरि एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार, शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो । हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आज बिहान मृत भेटिएको बताए ।

यसअघि गत असार २१ गते मात्रै मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । यो सहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो छ । स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख