
३ साउन,
बाँकेको कोहलपुरस्थित वडा नम्बर ११ मा गएराती ८२ वर्षीया वृद्ध वाईसीएल कार्कीको आमालाई धारिलो हतियारले प्रहार गरि हत्या गरिएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
डिएसपी खनालका अनुसार, वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको अनुसन्धान गर्दा उनको साथमा करिव ४० हजार बराबरको सुन भएकाले चोर्नका लागि गरिएको प्रहार हो अथवा अन्य कुनै कारणले हत्या गरिएको भन्ने अझैसम्म प्रष्ट हुन नसकेको बताए ।
अहिले उनका घरवरपरका सबैलाई सोधपुछ गरेर अनुसन्धान गरिरहेको उनले बताए ।
हत्या कसरी भएको हो भनेर छानविन भईरहेको र प्रमाण जुटाउन पोष्टमाटमका लागि नेपालगञ्ज पठाइएको छ ।