
१ साउन,
बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुले मासिक तलव, भत्ता पाउनु पर्ने माग गर्दै प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।
कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि खटिँदा तीन महिनादेखि तलव र जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् ।
आन्दोलनमा आएका स्वास्थ्यकर्मीहरुले तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गर्दै यदि माग पुरा नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
अस्पतालका उपनिर्देशक श्याम शर्माका अनुसार, कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन नसक्ने अवस्था रहेको बताए ।
‘तलवभत्ता नदिने भनेका छैनौं उनले भने– ‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ । लोनको प्रोसेसमा छौं साउन पहिलो सातासम्म एक महिनाको तलव पाउने बताए ।’
अस्पतालका उपनिर्देशक श्याम शर्माले भने, अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गरेका छन् ।