१ साउन,

बाँके अपडेट :  दाङमा लागु औषध खैरो हेरोईन ११० ग्रामसहित २ जनालाई पक्राउ गरि सम्मानित अदालतबाट ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त गरिएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख काफ्लेका अनुसार, पक्राउ पर्नेमा बाँके जिल्लामा वसोबास गर्ने डुडुवा गाउपालिका वडा न–१ बस्ने बर्ष ३० को नोर महमद दर्जी र सोहि जिल्लाका जानकी गाउपालिका वडा नं. ३ मुक्ति नगर बस्ने बर्ष ३६ को राजा योगी रहेका बताए ।

प्रहरीले सुचनाको आधारमा निजहरुले ठुलो मात्रामा लागु औषध खैरो हेरोईन जस्तो देखिने गिलो अबस्थामा रहेको खैरो पदार्थ ११० ग्राम पलाष्टिकमा रहेको ११३.९८ ग्राम र धुलो पदार्थमा देखिने ३ पुडीया सहित लिएर विक्रि वितरण गर्नको लागी दाङ जिल्ला तर्फ आई रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमिलिया दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुलाई शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा बिहेवार अंन्दाजी ४ः३० बजेको समयमा जिल्ला दाङ लमही नगरपालिका वडा नं. ९ तल्लो अमिलिया चोकवाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट लागु औषध फेला पारी पक्राउ गरी जिल्ला बाँके जानकी गाउपालिकाका वडा नं. ३ मुक्ति नगर बस्ने बर्ष ३६ को राजा योगीलाई सम्मानित अदालतबाट ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त भएको छ, भने सोहि बाँकेका डुडुवा गाउपालिका वडा न.–१ खडैचा बस्ने बर्ष ३० को नोर महमद दर्जीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुरमा मुद्दा चलाई २ वर्ष कैद भुक्तान गरी कारागारबाट मुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख