
१ साउन,
चितवनमा बैंकिङ कसुरमा २ करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा झापास्थित दमक नगरपालिका–१६ घर भई काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र र दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।
चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको प्र.ना.उ थापाले जानकारी दिए ।