
१ साउन,
आज साउन १ गते देखि चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट स्वतः कार्यान्वयनमा गएको र जेठ १५ गते नै बजेट पेश गरेपनि साउन १ बाट कार्यान्वयनमा जाने गर्द छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरिएको छ ।
यो कर आजैदेखि कार्यान्वयनमा आएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरिएको छ ।
यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीकर्ताले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्र्नु पर्ने भएको छ ।
यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो । आज शुक्रबार भएकाले सेयर कारोबार बन्द हुनेछ ।