
असार-१०,काठमाडौ
✍️बिजय काफ्ले ।
Hyper Fund Global, Jocial, CRU, Winter, Crowd one, Solemax, Point Wish को ठगी धन्दा भएको कुरा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (आपूर्ति तथा मोक्ता संरक्षण विभाग) ले एक बिज्ञप्ति मार्फत प्रष्ट पारेको छ ।
आपूर्ति तथा मोक्ता संरक्षण विभागका अनुसार “वस्तुको खरिद बिक्री गरि वा नगरी; सदस्य बनाई वा विक्रेता/वितरक मार्फत शुल्क मात्र लिने गरी पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ्ग) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि यस्तो प्रकृतिको कार्यलाई अनुचित व्यापारिक कृयाकलाप मानी दण्डनीय कसुरका रूपमा लिएको छ ।”
Hyper Fund Global, Jocial, CRU, Winter, Crowd one, Solemax, Point Wish लगायतका स्वदेशी तथा विदेशी व्यक्ति/फर्म/कम्पनीहरू समेतले वस्तुको प्रत्यक्ष बिक्रिका नाममा गैरकानूनी रूपले अनलाइन माध्यामको समेत प्रयोग गरी नेटवर्किङ्ग शैलीमा व्यवसाय संचालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरू समेतलाई त्यसमा आवद्ध गरी ठगी गरेको तथा पुँजी पलायन गरेको हुदा बिभागले गैरकानूनी व्यवसायिक काम कार्यवाही गरे वा गराएमा उल्लेखित कानूनले १० लाख रूपैया सम्म वा ५ वर्ष सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको हुनाले त्यस्ता कार्य नगर्नु नगराउनु हुन तथा ठगिनबाट सतर्क रहन सबैमा सूचित समेत गरेको छ ।
पहिको पटक करिब ८/९ हजार उठाउने र हप्तामा १० डलर दरले ३ महिना सम्म पैसा आउने प्रलोभन देखाउदै बेरोजगार युवाहरुको केही एजेन्टहरुले आखामा भ्रम सिर्जना गरि ठगी धन्दाको जालमा परेका बाँके अपडेट मिडिया लाई समेत गुनासो आएको छ ।
यसरी ठगी धन्दा चलाउदै नेपालि तथा सोझा जनताको आँखामा छारो हालि लाखौ पैसा बिदेश पलाएन गराउने समुह तथा एजेण्टको पहिचान गरि तत्काल कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।