प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशन र सरकारविरोधी आन्दोलन सँगसँगै लैजाने भएको छ । अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका हुन् ।

पार्टी केन्द्रीय सचिवालयद्वारा मंगलबार आयोजित अन्तर्क्रीयामा उनले सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको बताए ।

बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न बलियो पार्टी बनाउने गरि अघि बढ्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । मुलुकमा ब्याप्त भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसायको उनको आरोप छ ।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए ।

महाधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्न समयसीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया

सम्बन्धित ख