३१ असार,

बाँके अपडेट : बाँकेमा कोरोना भाइरस सक्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।

निषेधाज्ञालाई केही खुकुलो पार्दै जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउन दिने निर्णय भएको छ ।

सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ । यसअघि आधा सिट क्षमता मात्रै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सिट क्षमतामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् ।

विवाह व्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ । यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकूद गतिविधिमा भने रोक लगाइएको छ । कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बाँके पुनः निषेधाज्ञा गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख