
३१ असार,
रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको ईलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा प्रहरी असईको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।