३० असार,

दाङमा प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छालासहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा, जिल्ला सुर्खेतमा घर भई भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५६ को नर बहादुर बस्नेत र जिल्ला जाजारकोट जुनीचाँदी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ४८ को डिल बहादुर रावत रहेका छन् ।

घोराही उप महानगरपालिका वडा नं. १६ गरुवामा प्रतिवन्धित (रेडपाण्डा) को छाला बिक्री भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा दाङ कार्यालयबाट खटिएको प्रहरी टोलिले दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख काफ्लेका अनुसार, पक्राउ परेका निजहरुले मिति २०७८÷०३÷३० गते बिहान अंन्दाजी. ०८ः०० बजेको समयमा निजहरुले बोकेर ल्याईएको कलेजी रङको झोलामा नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला थान–१, पुच्छर देखि टाउँकोसम्म २ फिट १० ईन्च लम्बाई भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला थान–१, काईनेटिक टल्लने ढुङ्गा सानो ठुलो गरी जम्मा ३२ पिस, Micromax लेखेको मोबाईल फोन सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख