
३० असार,
दाङ : दाङस्थित घोराहीमा बन मुद्दाका फरार भएका ३ जना प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला दाङ घोराही उपमहानगरपालिकामा घर भई वडा नं. १ रामपुर बस्ने वर्ष ५० की जिवा चौधरी, सोहि ठाउँमा बस्ने बर्ष ६६ की गौरी बि.क र बर्ष ५२ को धन बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दाङ प्रहरीका अनुसार, मिति २०७४÷११÷१४ गते सामुहिक वन मुद्दामा सम्मानित सर्वौच्च अदालतबाट मुद्दा फैसला भई हालसम्म फरार रहेका प्रतिवादीलाई जनही रु.१,३८,९१७ (एक लाख अठतीस हजार नौ सय सत्र) जरिवाना तोकिएकोमा हाल सम्म फरार रहेका निज प्रतिवादीहरुलाई खोजतलास गर्दै जाँदा मंगलवार करिव दिउसोे १ः०० बजेको समयमा जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं.२ बालपुरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी प्रहरीले पुनः पक्राउ गरेको बताएका छन् ।
पक्राउ परेका निज प्रतिवादीहरुलाई मंगलवार २९ गते सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको जानकारी दिए ।