
३० असार,
महोत्तरी : महोत्तरीमा नेपाली सेनाका एक सिपाहींले जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अवस्थामा फेला हुन् ।
तामाङले आफैले बोकेको हतियारबाट आफ्नै दायाँ कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
रामेछापबाट मृतकका परिवारजन आएपछि शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाइने उनले जानकारी दिए ।