असार-२९,बाँके
✍️बिजय काफ्ले ।

कोहलपुर नगरपालिकामा केहि पत्रकारहरु लाई ल्यापटप बितरण तथा सम्मान गरिको छ ।

कोहलपुर क्षेत्रमा नगरपालिकाको समृद्धि, विकास, सुशासन र प्रवर्द्भनमा महत्वपूर्ण योगदान गरेको भन्दै केही पत्रकार लाई ल्यापटप दिदै सम्मान समेत गरेको छ । तर केहि क्रियासिल पत्रकार लाई पाखा लगाएको भन्दै ब्यापाक गुनासो आएको भन्दै एक जन प्रतिनिधिले बाँके अपडेट लाई बताए ।

उपमेयर सन्जु कुमारि थारुका अनुसार “मेयर साबले महासङ लाई जिम्मा दिनु भएको थियो । पत्रकार महासङले जस्लाइ सिफारिस गर्यो उसैलाई सम्मान स्वरुप ल्यापटप दिइएको हो ।”

तर , पत्रकार महासङ बाँकेका उपाध्यक्ष समेत रहेका सङ्गिन शर्माले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पत्रकार महासङ लाई आधिकारिक उपस्तिथि नगराएको भन्दै यस्तो लेख्छन “नगरसभाबाट पत्रकारहरुलाई सम्मान (ल्यापटपसहित) गर्दा पत्रकारहरुको छाता संगठन (नेपाल पत्रकार महासंघ) को संस्थागत उपस्थित आवश्यक नपर्ने रैछ । जय होस कोहलपुर नगरपालिका ।”

उपमेयर थारु र महासघं उपाध्यक्ष शर्माको भनाइ ठ्याक्कै बिपरित देखिन्छ तसर्थ कोहलपुर नगरपालिकाले आफुखुशी मनोमानी गर्दै केही पत्रकार लाई मात्र सम्मान गरेको प्रष्ट देखिन्छ ।

बाँके लगाएत देशभरी नै पत्रकार महासङमा सहभागी नभइ हित्तचित्त भइ पत्रकारिताको मर्म र भावना अनुरुप काम गरिरहेका पत्रकारहरु समेत व्यापक मात्रमा देखिन्छ्न । यसरी आफ्नो कार्य क्षेत्रमा को सकृय छन ..? को निश्कृय पत्रकार छन…? भन्ने कुरा नगरका मेयर र उपमेयर लाई हेक्का हुने पर्ने हुन्छ । सोही आधारमा सम्मान गर्दा वास्तविक पत्रकार को न्याय हुने एक स्वतन्त्र पत्रकार बताउछन । तर कसैको इसारा र सिफारिसमा केही पत्रकारहरु लाई मात्र सम्मान गर्दा कोहलपुरमा अझै कृयासिल र मर्यादित पत्रकारहरुको गुनासो आएको र अन्याय भएको एक जनप्रतिनिधि आफैले बाँके अपडेट लाई बताए ।

कोहलपुर नगरपालिकाले पत्रकारलाई विभिन्न माध्यम बाट प्रलोभनमा पार्दै आफू विरुद्ध समाचार सम्प्रेषण नहोस भन्नका निमित्त सक्दो प्रयास गरिरहेको विभिन्न क्रियाकलापले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख