२९ असार,

ईलाम  :  उच्च अदालत विराटनगरको ईलामस्थित ईजलासमा कार्यरत एक कर्मचारीको हत्या नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले नै गरेको खुलासा भएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीशको सुरक्षा गार्ड असई युवराज बानियाँले कार्यालय सहयोगी ४८ वर्षीया विमला पराजुलीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । बानियाँले क्वाटरमै पराजुलीको हत्या गरेको स्विकार गरिसकेको ईलामका प्रहरी प्रमुख उपरीक्षक महेन्द्र श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार, धनकुटा होलीखर्क– ५ घर भई दुई वर्षदेखि मुख्य न्यायाधीशको गार्डमा कार्यरत ३५ वर्षीय असई बानियाँ र पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

पराजुलीको शव घोप्टो परेको अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी घटना सार्वजनिक गरेको हो ।

आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राति आएर क्वाटर बाहिर शव फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पराजुलीको मोबाइल र झोला कार्यालयभित्रै भेटिएको थियो ।

प्रहरीका अनुसार मोवाइल र झोला कार्यालयमै राखेर अदालत परिसरमै रहेको करेसाबारीमा तरकारी टिप्न गएकी पराजुलीले नै फोन गरेर बानियाँलाई अदालत बोलाएकी थिइन् । अदालतभन्दा बाहिरै परिवारसँग डेरा गरेर बस्ने बानियाँ अदालतको पछाडिको भागबाट पर्खाल नाघेर भित्र (अदालत) छिरेको खुलेको छ ।

‘मुख्य न्यायाधीश बिदामा रहेको र क्वाटरको चाबी बानियाँसँगै रहेकाले दुवैजना क्वाटरभित्र गएपछि घटना भएको देखिन्छ’ एसपी श्रेष्ठले भने। पराजुलीले बलात्कारको मुद्दा लगाउँछु भनेर निस्कन लागेपछि बानियाँले हत्या गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिएका हुन् ।

बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । पराजुलीको कानको टप क्वाटरको ढोकामा राखिएको म्याटमा भेटिएको र उनले लगाएको सुनको सिक्रीसमेत बानियाँको निवासबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

सुरक्षा घेराभित्र कार्यालय पोशाकमै अदालतकी कर्मचारीको शव अर्धनग्न अवस्थामा भेटिएपछि प्रहरीले तत्काल गम्भिरताका साथ अनुसन्धानलाई अघि बढाएको थियो। प्रदेश प्रहरी कार्यालयबाट डग स्याकिङ्ग टोलीले डग ट्रयाकिङ्ग समेत गरेर सोमबार नै बानियाँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख