२९ असार,

बर्दिया : बर्दियास्थित मधुवन नगरपालिकामा रहेका २ जना युवकलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ बस्ने गणेश र सोही ठाउ बस्ने मदन गुरुङलाई लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, २८ गते सोमवार करिब ६ बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको संयुक्तमा खटिएको प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका वडा नं.६ बस्ने गणेश वलीको घर खानतलासी गर्दा गणेश वली र .सोही ठाउँ बस्ने मदन गुरुङले लागु औषध ब्राउन सुगरको पुरिया बनाई रहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी दिएका हुन् ।

उक्त फेला पारिएको निजहरुसंग १७० मिलिग्राम लागु औषध (ब्राउन सुगर) सहित नियन्त्रणमा लिई लागुऔषध मुद्दामा आवश्यक थप कानूनी कारबाहीको लागि अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख