
२८ असार,
डडेल्धुरा : डोटीबाट कैलालीको अत्तरियातर्फ आइरहेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडा भीमदत्त राजमार्गमा दुर्घटना भएको छ ।
शैलेश्वरी यातायातको ना५ख २५९१ नम्बर बस नालीमा पसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
दुर्घटनापछि नेपाली सेना तथा प्रहरीको टोलीले बस नालीबाट निकालेर गन्तव्यर्फ पठाएको प्रहरीले जनाएको छ ।