
२७ असार,
दाङमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दाङ प्रहरीका अनुसार, मिति २०७७।०३।२७ गते आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइहरु, ईलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, प्रहरी चौकी रामपुर, अस्थायी प्रहरी पोष्ट पर्सेनि र अम्बेकेश्वरी बाट खटिएको सम्पुर्ण प्रहरी टोलीले अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको अबस्थामा प्रक्राउ गरेको बताएको छ ।
प्रहरीले सबै सवारी साधनहरु नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
त्यसैगरी, दाङमा एसपी सुरेश काफ्ले गए लगतै प्रहरीको सक्रियाता देखिएको छ ।