
२४ असार,
बाँकेको कोहलपुर नगरपालिकाले नवौ नगर सभाको स्थगित बैठक यहि शुक्रवार २५ गते हुने भएको छ ।
कोहलपुर नगरपालिकाले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७४÷०७९ को वार्षिक बजेट विनियोजना विधेयक २०७८ र आर्थिक विधेयक २०४८ को दफावार बिभिन्न छलफलका यो सुचना जारी गरिएको सुचनामा उल्लेख छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ को दफा १९ को २ अनुसार नवौ नगरसभाको स्थगित बैठक तपशिलको मिति समय र स्थानमा हुने भएकाले सोको बमोजिमका सबै प्रस्तावहरुमा छलफलका लागि बस्ने भएको हुदा सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
सुचनाका अनुसार, बैठक बस्ने स्थान कोहलपुर नगरपालिकाको नगर सभाहलमा ठिक दिउसो १ बजे हुने भएको छ ।