
२४ असार,
काठमाडौं : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।
जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकम बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।
जसमध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।