असार २४,कपिलबस्तु

ट्रकमा गाईगोरु लोड गर्नेक्रमा ३ जना गोरु तस्कर पक्राउ परेको प्रहरिले जनाएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित तौलिहवा ४.नम्बर सडक खण्डमा ट्रकमा गोरु लोड गरी लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उक्त ४.नम्बर सडक खण्डको पचेहराबाट ना ८ ख ७७०७ नं.को ट्रकमा २४ जिउ गोरु लोड गरी लैजाने क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । चालकलाई सोधपुछ गर्दा सो ट्रक झापा लैजान लागेको बताईएको छ ।

प्रहरीले कागजातहरु नभएको हुँदा गोरूसहितको ट्रक र ३ जना मानिसलाई नियन्त्रणमा लिई आजै आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख